ठमेलमा निःशुल्क बिरयानी

काठमाडौँ — लकडाउनले अलपत्र परेका सर्वसाधारणलाई ठमेल, सातघुम्तीमा केही मनकारीले निःशुल्क खाना बाँड्न सुरु गरेका छन् ।

ठमेल,सातघुम्तिस्थित् कफी विथ मेन्जका सञ्‍चलक मिनहाज खान बिरयानी बाँड्दै । तस्बिरः कफी विथ मेन्ज

कफी विथ मेन्जका सन्चालक मिनहाज खानले शनिबारदेखि सर्वसाधारण र अलपत्र परेका व्यक्तिहरुलाई भेज बिरयानी बाँड्न थालेका हुन् । शनिबार दिउँसोसम्म उनले ५० जनालाई बिरयानी उपलब्ध गराएका छन् ।

बिहान ११ देखि बेलुकी ४ बजेसम्म सातघुम्तीस्थित् कफी विथ मेन्जमा गएर जो कोहीले निःशुल्क बिरयानी खान सक्ने उनले कान्तिपुरलाई बताए । लकडाउन जारी भएसम्म नै उनले खाना उपलब्ध गराउनेछन् । Kantipur

Proudly powered by Menz Foundation |
Theme: menz-theme by Prithak Creation